तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गरी ट्राफिक नियम अनुसार गति सिमित गरी सवारी चलाउन प्रोत्साहित गर्नका लागि नेपालगंजमा Slow Bike Competition आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी श्री रविलाल पन्थले गर्नु हुनेछ ।
आजभोली दैनिक रुपमा संचालर माध्यमको मुख्य समाचार सडक दुर्घटना र दुर्घटनाबाट घाइतेका साथै ज्यान गुमाएका समाचारहरु दिनहु जसो पढ्न पाइन्छ । यसरी सडक दुर्घटनाका कारण दिनहु ज्यान गुमाउनेको क्रम जारी छ । यसै गरी पैदल यात्री साइकल यात्री र अन्य सवारी साधनमा मोटरसाईकलको ठक्करले भएको दुर्घटनाको संख्या बढी छ भने पैदल यात्री साइकल यात्री ज्यान जोखिममा राखेर सनत्रासमा हिडडुल गर्दछन । यही कुरालाई मनन गर्दै बढ्दो दुर्घटनालाई कम गर्न तिब्र गतिमा मोटरसाइकल नहाक्न र ट्राफिक नियमको पालना गर्न सबैलाई सकारात्मक संदेश दिने उद्देश्यले भोलि आश्विन ८ गते प्रतियोगिता आयोजना गरिएको हो ।
सो प्रतियोगिताको तयारी तिब्र रुपमा भैरहेको छ र हाल सम्म ४४ बढि सहभागीले आप्mनो नाम दर्ता गराई सकेका छन् । पत्रकार, नागरिक समाज, विद्यार्थी लगायतले नाम दर्ता गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगंज बाँकेको सहकार्यमा सो प्रतियोगिताको आयोजना गरिएको हो । सो प्रतियोगिताको समापनमा ट्राफिक नियम सम्बन्धी ट्राफिक कार्यालयबाट जानकारी दिनु हुनेछ भने कार्यक्रम अनौपचारिक रुपमा संचालन हुनेछ ।
प्रतियोगितामा लाइसेन्स प्राप्त कुनै पनि नेपाली नागरिकले रु.५०० तिरी नाम दर्ता गर्न सक्ने भने प्रतियोगितामा नियम पु¥याई सबै भन्दा ढिलो पुग्ने प्रतियोगि क्रमशः प्रथम, द्धितिय ,तृतिय र सान्तवना हुनेछन् । विजयतालाई क्रमशः ५१००, ३१००, २१०० र १५०० नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन सो प्रतियोगितामा खुट्टा नटेकि सूचारु रुपमा मोटरसाइकल चलाउनु पर्ने, दुई पाग्रे मोटरसाईकल चालकले मात्र भाग लिन पाउने, सही अवस्थामा इन्डिकेटर सहित रहेको मोटर साईकलले भाग लिन पाउने लगायतका नियमहरु तय भएका छन् भने निर्णायकमा ट्राफिक कार्यालयका प्रतिनीधि, नागरिक समाजका प्रतिनिधी तथा मोटरसाईकल सम्बन्धी प्राविधिक रहेको छन् ।
प्रतियोगितामा भाग लिन र अवलोकन गर्नका लागि सबै सर्वसाधारण, पत्रकार, नागरिक समाज, व्यापारी, विद्यार्थी सबैलाई हार्दिक अपिल गर्दछौ र कार्यक्रमको सकारात्मक पक्षलाई अंगिकार गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।