Saturday, December 2, 2017

बालमैत्री गाविस बनाउन घरबाट नै शुरुवात गर्नु पर्ने

बनकटवा बाँके ।
बाँकेको बनकटुवालाई बालमैत्री स्थानीय शासन भएको गाबिस बनाउनका लागि सबैले आआफ्नो घरमा त्यसको शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ ।

अभिभावकका नाताले घरका बालबालिकाहरुमैत्री हुन सकेमात्र गाबिसलाई बालमैत्री स्थानीय शासन भएको गाबिस बनाउन सकिने भएकाले सबैभन्दा पहिला यो कुरालाई सबैले शुरुवात गर्नुपर्ने बनकटुवा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।


सरकारले नेपालका सबै क्षेत्र बालमैत्री हुनुपर्ने योजना अघि बढाइसकेको अवस्थामा गाबिस क्षेत्रभित्र बसोबास गर्ने स्थानीयहरु नै पहिला बालमैत्री हुनुपर्ने सहभागिहरुको भनाई थियो ।

उनीहरुले सार्वजनिक कार्यक्रम, बैठक, समूह छलफल जस्ता समयमा अभिभावकले ठुला ठुला कुरा गर्ने देखिएपनि घरमा आफ्ना बालबालिकाहरुको कुरा नसुन्ने, उनीहरुको हक अधिकारप्रति ध्यान नदिने हुँदा प्रत्येक अभिभावकले यी कुरालाई त्याग्नुपर्ने कार्यक्रमका अथितिहरुको जोड थियो ।

घरमा कुनै निर्णय गर्न परे अभिभावकले बालबालिकालाई एकचोटी पनि सोध्नदैनन, सांसद दलबहादुर सुनारले भन्नुभयो, त्यस कारण कुनै निर्णय गर्दा बालबालिकाको बिचार समेत लिनुपर्छ ।

गाबिसहरुमा समेत बालबालिकाका कार्यक्रमहरु कमै हने र उनीहरुका नाममा आउने रकमहरु उनीहरुको हकहितमा खर्च नहुने प्रवृति रहेकाले यस्ता कुराहरुलाई अन्त्य गरेपछि मात्रै गाबिसलाई बालमैत्री स्थानीय शासन गाबिस घोषणा गर्न सकिने साँसद सुनारको भनाई थियो ।

कार्यक्रममा स्थानीय बिकास अधिकारी हरि प्याकुरेल, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत सरोज शाह, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, गाबिस सचिव दिपक पौडेल, नेपाली कांग्रेस गाउँ इकाई समितिका गगन बहादुर खत्री, नेकपा एमालेका दिल बहादुर नेपाली, नेकपा माओवादीका कुबेर बहादुर रिजाल, जनमोर्चाका होम बहादुर सुनार, बाल राजदुत साहित अन्सारी लगायतले गाबिसलाई बालमैत्री बनाउनका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार जस्ता कुराहरु बालमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

बनकटवा गाउँ बिकास समितिको कार्यालयको आयोजना तथा सक्सेस फोरमको सहाकार्यमा आयोजना भएको एक दिने बृहत अन्तरक्रियामा प्लान इन्टरनेशनलकी लैंङिक तथा बालबालिका अधिकृत कमला राईले बालमैत्री स्थानीय शासन कायम गर्न पुरा गर्ने सूचकहरुबारे उपस्थिति सहभागिहरुकाबीचमा छलफल गराउनुभएका थियो ।
बनकटवा गाबिसलाई छिट्टै बालमैत्री स्थानीय शासन गाबिस घोषणा गर्ने उद्देश्यले कार्यक्रम गरिएको फोरमका प्रवक्ता बामदेव पोख्रेलले जानकारी  दिनु भयो ।
Share:

No one has ever become poor by giving, Please Donate

BTemplates.com

Your Name


Your Message*

Labels