
पश्चिम सन्देश / ड्रम्स स्टुडियो काठमाण्डौँमा रेकडिङ् भएको भुलेर तिम्रो माया आधुनिक पप गित अहिले चर्चामा रहेको छ ।
अहिलेको युवा पुस्तामा प्रेममय शब्दहरुले बयान गरिएको आधुनिक पप गितले युवाहरुको मन मष्तिस्कमा बस्न सफल भएको यो गीत यु टुवमा पनि राखिएको म्युजिक भिडियोका निर्देशक शिसिर श्रेष्ठले बताए ।
गितमा देब सिहं र सुस्मिता थापाले मोडेल गरेका छन् । शब्द, सगिंत र स्वर गणेश चौधरीको रहेको छ भने मिक्सिङ प्रकाश के.सी. ले गरेका छन् । छायाङ्कन गोदावारी र यू. एन. पार्कमा भएको निर्देशक श्रेष्ठ बताउँछन् ।